Wednesday, May 1, 2013

युवाहरूले पुस्तकालय सञ्चालनमा ल्याए


युवा कार्य नेपालले गठन गरेको चापपानी युवा सञ्जालले शान्ति पुस्तकालय सञ्चालन गरेका छन् ।चापपानी गाविस र युथ एक्सन नेपालको आर्थिक सहयोग एवम् भौतिक सहयोगमा उक्त पुस्तकालयको थालनी गरिएको हो ।
पुस्तकालयमा जिल्लाका चापपानी, बरांगदी, दर्लमडाँडा, यम्घा, खानीगाउँसहित आधादर्जनभन्दा बढी गाविसका युवाहरूले सेवा लिन सक्नेछन्।
पुस्तकालयको माध्यमबाट स्थानीयतहमा रहेका युवाले सूचनालगायतका विषयमा ज्ञान पाउने युवा कार्य नेपालका अध्यक्ष गोपिकृष्ण भट्टराइले बताउनु भयो ।
चापपानी गाविसका सचिव एकप्रसाद ढकालले ग्रामीण क्षेत्रमा रहेका सर्वसाधारणलाई पुस्तक पढ्ने बानीको विकास गराउन पुस्तकालय सहयोगी हुने बताउनुभयो । उहाँले चापपानीका युवाहरूले जिल्लामै उदाहरणीय कार्यको सुरुवात गरेकोमा युवाहरूको यस्तो कार्यमा गाविसले सदैव सहयोग गर्ने बताउनुभयो ।
गाविसभित्रका युवाहरूको संस्था चापपानी युवा सञ्जालले गत ३ वर्षदेखि गाविस कार्यालयमा सूचना केन्द्र सञ्चालनमा ल्याएका थिए । ती युवाहरूले सूचना केन्द्रसँगै पुस्तकालयलाई समेत निरन्तरता दिने कार्यको सुरु गरेका हुन् ।
स्वास्थ्य चौकी भवनमा सञ्चालनमा ल्याएको उक्त पुस्तकालय कक्षमै कम्प्युटर, फोटो कपि, ई–मेल इन्टरनेटको सेवासमेत प्रदान गरिने अध्यक्ष अर्यालले बताउनुभयो ।

No comments:

Post a Comment