Tuesday, August 19, 2014

शान्ति र विकास सम्बन्धी कार्यशाला


तालिम पछि सन्थाल समुदायद्वरा प्रस्तुत लोकनृत्य
















युथ एक्सन झापाद्वारा सुरुङ्गा, ८ मा शान्ति र विकास सम्बन्धी तीन दिने कार्यशाला अायाेजना गरेकाेछ ।
कनकाई नगरपालिका ९ स्थित सरस्वती बालविकास केन्द्रमा सञ्चालित कार्यशालाको समापन कार्यक्रममा जर्मन नागरिक पिटर र मार्टिनले सन्थाल समुदायमा भएको यस्तो कार्यशाला निक्कै फलदायी भएको टिप्पणी गरे । सो अवसरमा जिल्ला विकास समिति झापाका सामाजिक विकास अधिकृत हिमराज सेढाईंले जिविसबाट युवाका लागि बजेट पाउनका लागि स्थानीय क्षेत्रमा योजना तर्जुमा गर्दा युवाहरुले ख्याल गर्नुपर्नेमा जोड दिए । यस्तै युथ एक्सन नेपालकी भावना भट्टले कार्यशालाबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न जोड दिइन् ।
दुई दर्जनभन्दा बढीको सहभागिता रहेको कार्यशालामा मानव अधिकारकर्मी लक्ष्मी निरौला र दीपक दासले सहजीकरण गरेका थिए । कार्यशालाको आयोजना फलफूल तथा तरकारी उत्पादक सहकारी संस्था र युथ एक्सन नेपालको संयोजन रहेको दीपक दासले बताए ।

No comments:

Post a Comment